प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो’ – Sagarmathapana:: Online News Portal

प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो’

   २०८१ फाल्गुन ९ गते  

काठमाडौं ।काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।

छिमेकी मुलुक र मित्र राष्ट्रहरुले नेपाललाई हेपाह प्रवृत्तिले हेरिरहेको सन्दर्भ उल्लेख गर्र्दै उनले यस्तो आग्रह गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताको लागि २० मिलियन डलर र जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर नेपालमा आएको खुलासा गरेका थिए । जसलाई ट्रम्पले फ्रडको संज्ञा दिएका थिए ।

सोही प्रसंगलाई लक्षित गर्दै बालेनले लेखेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै