आउँदैछ दुई नयाँ कम्पनीको आईपीओ – Sagarmathapana:: Online News Portal

आउँदैछ दुई नयाँ कम्पनीको आईपीओ

   २०७८ कार्तिक २२ गते  

 

काठमाडौं । दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मन्दाकिनी जलविद्युत कम्पनीले आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएका हुन् ।

स्वेत गंगा हाइड्रोपावरले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले ४ करोड ७७ लाख ९ हजार कित्ता आईपीओ निष्काशनका लागि कात्तिक १० गते बोडमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, मन्दाकिनी जलविद्युत कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले १७ करोड ६४ लाख ११० कित्ता आईपीओ निष्काशनका लागि कात्तिक १४ गते बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै