काङ्ग्रेसले ज्येष्ठ राजनितिज्ञ सभामा रहने व्यक्तिको नाम संकलन गर्ने
११ माघ, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, तारामान गुरुङ र हरिशरण नेपालीलाई विधान अनुसार गठन हुने ज्येष्ठ राजनीतिज्ञ सभामा रहने व्यक्तिहरूको पहिचान गरी केन्द्रलाई नाम सिफारिस गर्न जिम्मेवारी दिइएको छ।
लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ट सहेका, प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि क्रियाशील व्यक्तिहरु हुनुपर्ने मापदण्ड बनाइएको छ ।
उक्त सभा सभापतिको नेतृत्वमा हुने विधानमा व्यवस्था छ।












