तालिबानका नेता बरादरले भने, म स्वस्थ छु, तालिबानभित्र कुनै विवाद छैन – Sagarmathapana:: Online News Portal

तालिबानका नेता बरादरले भने, म स्वस्थ छु, तालिबानभित्र कुनै विवाद छैन

   २०७८ भाद्र ३१ गते  

तालिबान नेता तथा अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरले भिडियो सन्देश जारी गरेर आफू घाइते भएको खबर झूट रहेको बताएका छन् ।तालिबानका नेताहरुबीचकै विवादको क्रममा भएको हिंसामा बरादर घाइते भएको दाबीसहितका खबर आएका थिए । तर उनले भिडियो सन्देशमा ती सबै निराधार रहेको बताएका हुन् ।

तालिबानका सहसंस्थापक बरादर पछिल्लो केही दिनयता सार्वजनिक रुपमा देखिएका थिएनन् । उनी नदेखिएपछि विभिन्न अड्कल र तालिबानका नेताहरुबीच गम्भीर विवाद रहेको आँकलन गरिएको थियो ।तर बरादरले भिडियो सन्देश मार्फत तालिबानमा कुनै पनि प्रकारको आन्तरिक संघर्ष नरहेको दाबी गरेका हुन् । उनले आफू स्वस्थ रहेको बताएका छन् ।उनले भनेका छन्, ‘म काबुलमा थिइन, सोही कारण खण्डनका लागि इन्टरनेटको पहुँच भएन ।’

तालिबानको कतारको दोहास्थित तालिबानको राजनीतिक कार्यालयले ट्वीटरमा बरादरको छोटो क्लिप जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै