धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ विवादमा – Sagarmathapana:: Online News Portal

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ विवादमा

   २०८१ मंसिर २१ गते  

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ  विवादमा पर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्ना असन्तुष्टि जनाउँदै आएका साम्पाङ फेरि विवादमा पर्नुभएको  छ ।

केहिदिन अघि खोज पत्रकारीता केन्द्रले सार्वजनिक गरेको समाचारको विषयलाई लिएर उहाँले पत्रकारलाई धम्की दिनुभएको थियो । नेपाल पत्रकार महासंघले साम्पाङले दिएको धम्कीप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रियामा जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने व्यवस्था भएपनि जिम्मेवार व्यक्तिबाट धम्कीपूर्ण चेतवानी आउनु निन्दनीय भएको पत्रकार महासंघको भनाइ छ ।

यसैबीच साम्पाङले आज पत्रकार सम्मलेन गर्दै आफू विरुद्ध अनावश्यक विवाद सृजना गरिएको दावी गर्नुभएको छ । धरानवासीका लागि विभिन्न पहल भइरहँदा तथ्य भन्दा बाहिर गएर आरोप लगाइएको उहाँको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै