यु १७ एसिया कप नेपाल जापान संग फराकिलो गोल अन्तरमा पराजित – Sagarmathapana:: Online News Portal

यु १७ एसिया कप नेपाल जापान संग फराकिलो गोल अन्तरमा पराजित

   २०८१ कार्तिक ८ गते  

काठमाडौं। यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापान संग  ९-२  गोलको फराकिलो अन्तरमा पराजित भएको छ।

कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले हराएको छ। नेपालका‌ लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल  गरे ।

जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र काजी चोनानले समान १ गोल गरे।

खेलमा लिएको अग्रता जोगाउन नेपाली टोली असफल रह्यो। रविनले १२ मिनेटमा गोल गर्दै नेपाललाई अघि बढाए । १७ औं मिनेटमा तानीले बराबी गोल गरे भने जापानले पहिलो हाफमा ५-१ को अग्रता बनायो।

दोस्रो हाफ जापानले ४ गोल थप्दा विज्ञानले ८८ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए।

समूह ‘एफ’ मा बुधवार भएको खेलममा कतारले मंगोलियालाई २-० ले हराएको छ। नेपालले शुक्रवार कतार र आइतवार मंगोलियासँग खेल्ने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै