वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी सुम्पेर उडे हर्क साम्पाङ बेलायत – Sagarmathapana:: Online News Portal

वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी सुम्पेर उडे हर्क साम्पाङ बेलायत

   २०८१ आश्विन २४ गते  

काठमाडौं– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बेलायत उड्नुअघि उपप्रमुख अइन्द्र बेघा हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी तोकेका छन्।

हर्कले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। उनले बुधवार असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

बिहीबारबाट सार्वजनिक बिदा हुने भएको बुधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। मेयर साम्पाङ असोज २८ गते सोमवारदेखि धरान बाहिर जाने कार्यक्रम तय भएको छ।

कानूनतः नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ। तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

हर्कको उपप्रमुखसँग यसअघि विवाद परेको थियो। कार्यपालिका बैठकमा नै हर्कसँग अइन्द्रको चर्काचर्की परेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै