EN
मेनु
Flash News

घरायसी विवादले निम्त्यायो दुःखद घटना : श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुली।सिन्धुलीमा सामान्य घरायसी विवादका क्रममा श्रीमानले लोरो प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।

कमलामाई नगरपालिका–१० डाँडाटोलमा ४२ वर्षीय मनोज कार्कीले लोरो प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती सानु कुमारी कार्कीको मृत्यु भएको हो।

प्रहरीका अनुसार मङ्सिर १ गते बिहान करिब १ बजे सामान्य विवादका क्रममा मनोजले श्रीमतीको टाउकोमा लोरो प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी सानु कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।