दशैँ, तिहारलगायतका चाडपर्वको बेला पनि प्रसुती तथा स्त्री रोग अस्पतालले उपचार सेवा सञ्चालन गर्ने – Sagarmathapana:: Online News Portal

दशैँ, तिहारलगायतका चाडपर्वको बेला पनि प्रसुती तथा स्त्री रोग अस्पतालले उपचार सेवा सञ्चालन गर्ने

   २०८१ आश्विन २१ गते  

काठमाडौँ— काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिन पनि बिरामीहरुको उपचार सेवा सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले आज सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै सार्वजनिक विदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो । दशैँ, तिहारलगायतका चाडपर्वको बेला अस्पतालमा पनि सार्वजनिक बिदा हुने गर्दछ । अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक विदा दिर्ने गर्दछ । तर ती सार्वजनिक विदाको दिनमा ओपीडी सेवा बन्द भए पनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताउनु भयो ।

निर्देशक डा. अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टै उपचारका लागि परिचालन हुने गरी व्यवस्था मिलाएको जानकारी दिनुभयो । अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै