EN
मेनु
Flash News

प्राविधिक काम बाँकी रहँदा चलचित्र ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित

काठमाडौं।रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। चलचित्रका केही प्राविधिक काम सम्पन्न हुन बाँकी रहेपछि निर्माण पक्षले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गर्ने निर्णय गरेको हो।

निर्देशक रोशन दासले चलचित्रको प्राविधिक पक्षलाई पूर्णता दिनुपर्ने भएकाले प्रदर्शन मिति सारिएको जानकारी दिएका छन्। उनका अनुसार चलचित्रको नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिनेछ।

चलचित्रमा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके, रमेश बुढाथोकी र रोनी यादव लगायतका कलाकारको अभिनय रहेको छ।

यस चलचित्रमार्फत अभिनेता सम्राट दासले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। चलचित्रमा उनलाई एक्सनप्रधान भूमिकामा प्रस्तुत गरिएको छ। उनको एक्सन अवतारलाई लिएर चलचित्रप्रति दर्शकको चासोसमेत बढ्ने अपेक्षा गरिएको छ।

निर्माण पक्षले प्राविधिक काम पूरा गरेपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएको छ।