EN
मेनु
Flash News

आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्दै सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई अस्पतालमा विशेष छुट

काठमाडौं।आर्थिक अभावका कारण कुनै पनि नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले डा. सुनिल शर्माले सिन्धुली, सिरहा र महोत्तरीका नागरिकका लागि स्वास्थ्य उपचारमा विशेष सहुलियतको व्यवस्था अघि बढाएका छन्।

यसका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र सम्बन्धित स्थानीय नेतृत्वबीच सम्झौता भएको छ। सम्झौताअनुसार सम्बन्धित समितिको सिफारिसपत्र लिएर उपचारका लागि आउने बिरामीले केएमसी दुवाकोटमा ५० प्रतिशत, केएमसी सिनामंगलमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै, आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विपन्न तथा असहाय बिरामीलाई आवश्यकताअनुसार शतप्रतिशतसम्म उपचार छुट उपलब्ध गराउने प्रतिबद्धता डा. शर्माले व्यक्त गरेका छन्।

जातजाति, धर्म, समुदाय, भूगोल तथा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि स्वास्थ्य उपचारबाट वञ्चित गर्न नहुने मान्यतासहित यो पहल अघि बढाइएको उनको भनाइ छ।