EN
मेनु
Flash News

दिनेशराज शर्माको शब्द तथा निर्देशनमा ‘सयपत्री मखमली फुलेछ’ तिहार गीत सार्वजनिक

बिर्तामोड।नेपाली मौलिक संस्कृति, चाडपर्वको उमङ्ग र सामाजिक सद्भावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको ‘सयपत्री मखमली फुलेछ’ बोलको गीत सार्वजनिक भएको छ। बिरता जेसीजको प्रस्तुतिमा निर्माण गरिएको गीतमा लोकप्रिय गायिका जुनु प्रसाईं र गायक अभिजित अधिकारीले स्वर दिएका छन्।

गीतमा दिनेशराज शर्माको शब्द तथा निर्देशन रहेको छ भने संगीत विकास चौधरीले दिएका छन्। निरोज लामाको संगीत संयोजन रहेको गीतमा सञ्जीव मैनालीको बाँसुरी, अनिल थापा मगरको मादल र प्रजेश राजवंशीको गिटार वादन सुन्न सकिन्छ।

बिक्रम स्टुडियो, बिर्तामोड र ए लेभल स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको गीतका रेकर्डिङ इन्जिनियर अनिश लिम्बू हुन्। गीतको अडियो मिक्सिङ गोविन्द सोनीले गरेका छन्। कोरस गायनमा गुन्जन दाहाल, निरोज लामा, विकास चौधरी र शिखा बस्नेतको साथ रहेको छ।


गीतको भिडियोले नेपाली समाजको पारिवारिक आत्मीयता, सांस्कृतिक परम्परा र चाडपर्वको उल्लासलाई चित्रण गरेको छ। भिडियोमा विभिन्न उमेर समूहका कलाकारलाई नेपाली सांस्कृतिक परिवेशमा प्रस्तुत गरिएको छ, जसले गीतको भावलाई थप जीवन्त बनाएको छ।

भिडियोको कोरियोग्राफी हेम राजवंशीले गरेका हुन् भने डान्स कम्पोजर प्रताप सुनुवार हुन्। दिनेशराज शर्माको निर्देशनमा तयार भएको भिडियोको छायांकन, सम्पादन, कलरिङ तथा ग्राफिक्सको जिम्मेवारी सुभाष लिम्बू र रोहित लाम्गादेले सम्हालेका छन्। सहायक क्यामेरा अपरेटरका रूपमा अनिस क्षेत्री र निरोज मेचेले काम गरेका छन्।


भिडियोमा जुनु प्रसाईं, अभिजित अधिकारी, एलसी श्रेष्ठ, अभिषेक धमला, प्रताप सुनुवार, विजय लिम्बू, पूजा अधिकारी, करुणा अधिकारी र सपना बीकेलगायत कलाकारको अभिनय तथा प्रस्तुति रहेको छ।

यस सांगीतिक सिर्जनालाई सफल बनाउन बिरता जेसीजको नेतृत्व तथा कार्यसमितिको पनि सहभागिता रहेको छ। संस्थाका अध्यक्ष लोकचन्द्र श्रेष्ठ हुन् भने कार्यकारी उपाध्यक्षमा प्रज्वल बिमली र पुकार बराल रहेका छन्। त्यस्तै, महासचिवमा सुभाष तिखत्री, कोषाध्यक्षमा अमरजीत शाह र जनरल लिगल काउन्सिलरमा प्रभात मास्के रहेका छन्।

संस्थाका अन्य पदाधिकारीमा जनसम्पर्क अधिकृत अजय चौधरी, तालिम आयुक्त विज्ञानराज पौडेल, थिम निर्देशक अजय अधिकारी र उपाध्यक्ष नवराज अधिकारी रहेका छन्। सदस्यहरूमा सुमन पोद्दार, राजेश पोद्दार, गणेश दास, सुशील थापा, प्रबास थापा मगर र तुलसी निरौला रहेका छन्। संस्थाका पूर्वअध्यक्ष तथा पूर्वकार्यकारी पदाधिकारीहरूको समेत योगदान रहेको छ।

‘सयपत्री मखमली फुलेछ’ गीतले नेपाली मौलिकता, सांस्कृतिक पहिचान र चाडपर्वसँग जोडिएका खुसीका क्षणलाई संगीत र दृश्यका माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। स्थानीय प्रतिभा, कलाकार तथा सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वलाई एउटै सिर्जनामा जोड्दै बिरता जेसीजले गरेको यो प्रयासलाई सांस्कृतिक सिर्जनाको प्रवर्द्धनका रूपमा पनि हेरिएको छ।