EN
मेनु
Flash News

बुढीगण्डकी नदीमा ठूलो लेदोसहितको बाढी,त्रिशूली दोभानसम्म सतर्कता अपनाउन आग्रह

गोरखा।गोरखाको चुमनुब्री गाउँपालिका–६ क्षेत्रबाट बुढीगण्डकी नदीमा ठूलो लेदोसहितको बाढी आइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले असोज २५ गते बिहान ६ः४० बजे एसएमएस अलर्ट जारी गर्दै बुढीगण्डकी नदीमा आएको बाढी त्रिशूली दोभानसम्म पुग्न सक्ने जोखिमलाई ध्यानमा राखेर नदी किनारमा नजान अनुरोध गरेको हो।

जारी सूचनाअनुसार बाढीको बहाव सामान्य अवस्थामा नफर्किएसम्म त्रिशूली दोभानसम्मका नदी आसपासका क्षेत्रमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरिएको छ।

बुढीगण्डकी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, नदी किनार हुँदै आवतजावत गर्ने यात्रु तथा अन्य सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। बाढीको अवस्था सामान्य नभएसम्म नदी हेर्न जाने, किनारमा बस्ने वा जोखिमपूर्ण स्थानमा आवतजावत गर्ने कार्य नगर्न सुझाव दिइएको छ।

सम्भावित जोखिमबाट बच्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न र सुरक्षित स्थानमा रहन सबैमा आग्रह गरिएको छ।

स्रोतः बाढी पूर्वानुमान महाशाखाको एसएमएस अलर्ट।