EN
मेनु
Flash News

गायिका मेलिना राईका बुवा तथा संगीतकार जिबेश चाम्लिङ राईको निधन

काठमाडौं।चर्चित गायिका मेलिना राईका बुवा, संगीतकार तथा गायक जिबेश चाम्लिङ राईको निधन भएको छ।

राईको निधनको खबरले नेपाली संगीत क्षेत्रसँगै आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन्। जिबेश लामो समयदेखि संगीतकर्मीका रूपमा परिचित हुनुहुन्थ्यो।

मिक्लाजुङ–१ का वडा सदस्य पासाङ तामाङले जिबेश चाम्लिङ राईको निधन भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार दिवंगत राईको अन्त्येष्टि २०८३ साल असोज १६ गते बिहान ८ बजे मिक्लाजुङ–१, ओखलढुंगामा गरिनेछ।

जिबेशको निधनले नेपाली संगीत क्षेत्रमा एक प्रतिभाशाली संगीतकर्मी गुमाएको भन्दै शुभेच्छुक तथा संगीतकर्मीहरूले दुःख व्यक्त गरेका छन्।

मृत्यु यस्तो सत्य हो, जो सुटुक्कै आउँछ अनि टप्प टिपेर आफन्तजनबाट सदाका लागि चुडेर लैजान्छ।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।