EN
मेनु
Flash News

जिम्बाब्वेमा हेलिकोप्टर दुर्घटना, चर्चित व्यवसायीसहित ६ जनाको मृत्यु

काठमाडौं।जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेकेसहित ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनाका क्रममा हेलिकोप्टरमा चार यात्रु र दुई जना चालक दलका सदस्य गरी कुल ६ जना सवार थिए। दुर्घटनालगत्तै हेलिकोप्टरमा आगलागी भएको थियो।

घटनामा सवार सबै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतक व्यवसायी चिवायो ४३ वर्षका थिए। उनी जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनांगाग्वाका निकट व्यक्तिका रूपमा परिचित रहेको बताइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी तथा उद्धार टोली घटनास्थल पुगेका थिए। टोलीले दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान तथा शव उद्धारको काम अघि बढाएको छ।

हेलिकोप्टर दुर्घटनाको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक भएको छैन। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।