EN
मेनु
Flash News

बजाज चेतकको ‘फेस्टिभ फाइभ’ अफर सार्वजनिक, १ लाखसम्म क्यासब्याक

काठमाडौं।नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ।

दसैंदेखि छठसम्म लागू हुने सीमित अवधिको यस योजनामार्फत कम्पनीले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा आकर्षित गर्ने उद्देश्य राखेको जनाएको छ।

योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन्। कम्पनीका अनुसार ग्राहकले शून्य ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्मको ईएमआई भुक्तानी सुविधा तथा निःशुल्क प्रिमियम एसेसरिज प्राप्त गर्नेछन्।

कम्पनीले चाडपर्वको समयमा इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ। योजनाले चेतकको प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई सहज र पहुँचयोग्य बनाउने अपेक्षा कम्पनीको छ।

‘चेतक फेस्टिभ फाइभ’ योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

ग्राहकहरूले योजना, मोडल तथा खरिदसम्बन्धी थप जानकारीका लागि नजिकैको आधिकारिक बजाज तथा चेतक शोरुममा सम्पर्क गर्न सक्नेछन्।