राजनीतिलाई कमाउने माध्यम नबनाउन प्रधानमन्त्री शाहको सांसदहरूलाई आग्रह
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई राजनीतिलाई कमाउने माध्यम नबनाई छुट्टै व्यावसायिक आधार तयार गर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सांसदको भूमिका समाप्त भएपछि आम्दानीको बाटो नहुने अवस्था आउन नदिन अहिलेदेखि नै व्यवसाय सुरु गर्न सुझाव दिनुभएको हो।
उहाँले राजनीतिलाई सेवाको माध्यमका रूपमा अघि बढाउँदै व्यक्तिगत आर्थिक आत्मनिर्भरताका लागि व्यवसाय तथा अन्य व्यावसायिक क्षेत्रमा समेत ध्यान दिनुपर्ने बताउनुभएको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न नवीन सोच, अनुसन्धान तथा सूचना–प्रविधिको प्रयोगमा जोड दिनुभएको छ।
उहाँले युवापुस्ताले सिर्जनशीलता, उद्यमशीलता र प्रविधिको सदुपयोगमार्फत देशभित्रै नयाँ सम्भावना निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।












