चलचित्र ‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन अवतार, पोस्टर सार्वजनिक – Sagarmathapana:: Online News Portal

चलचित्र ‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन अवतार, पोस्टर सार्वजनिक

   २०८३ भाद्र २९ गते  

काठमाडौं।अभिनेता समीर भट्ट अभिनीत चलचित्र ‘१२ गाउँ २’ को एक्सन लुक्स सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा समीरलाई आकर्षक तथा आक्रामक एक्सन अवतारमा प्रस्तुत गरिएको छ।

पोस्टरमा उनको कसिलो र मांसपेशीयुक्त शरीर देखाइएको छ। सार्वजनिक लुक्सले चलचित्रमा समीरको दमदार एक्सन प्रस्तुति रहने संकेत गरेको छ।

बिराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘१२ गाउँ २’ की निर्माता सरस्वती भट्ट हुन् भने निर्देशन बिराज भट्टले गरेका छन्।

चलचित्रमा समीर भट्ट र बिराज भट्टसँगै अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णा बहादुर गन्धर्व र सुदिर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको सार्वजनिक एक्सन लुक्सले दर्शकमाझ यसको एक्सन पक्षप्रति चासो बढाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै