काठमाडौंको छायांकन सकेर ‘मन बिनाको धन–२’ मुस्ताङ जाँदै
काठमाडौं। टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’ले काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा गरेको छ।
![]()
![]()
निर्माण टिमले २४ दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलचित्रको छायांकन गरेको हो।भदौ ३ गते शुभमुहूर्त गरिएको चलचित्रको छायांकन भदौ ४ गतेदेखि सुरु भएको थियो। काठमाडौं चरणको छायांकन सम्पन्न भएसँगै निर्माण टिम अब चलचित्रका महत्वपूर्ण दृश्य छायांकनका लागि मुस्ताङ जाने तयारीमा जुटेको छ।
निर्माण पक्षका अनुसार केही दिनपछि मुस्ताङमा चलचित्रको दोस्रो चरणको छायांकन सुरु हुनेछ। मुस्ताङका प्राकृतिक तथा रमणीय दृश्यलाई चलचित्रमा विशेष रूपमा समेटिने जनाइएको छ।

![]()
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, ए.आर. बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’लाई दर्शकले चासोका साथ हेरिरहेका छन्। चलचित्रको प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन।













