बाढीपीडितका लागि नेवा:पुच: यूएईद्वारा ५१ हजार बढी राहत सहयोग
काठमाडौं।नेवा: पुच: यूएईले भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि दोस्रो चरणअन्तर्गत ५१ हजार १११ रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको जनाएको छ।
![]()
![]()
नेवा: पुच: यूएईका महासचिव कुमार बलामीका अनुसार उक्त रकम नेवा: देय् दबु केन्द्रीय कार्यालय, काठमाडौंमार्फत पीडित तथा सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको हो।
![]()


रकम नेवा: देय् दबुकी केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिलाई नेवा: पुच: यूएईका प्रमुख संरक्षक प्रमोद श्रेष्ठ, उपाध्यक्ष सुनिलमान श्रेष्ठ तथा सदस्य रजिना जोशी श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको बलामीले बताए।
यसअघि पहिलो चरणमा नेफिन यूएईमार्फत करिब ५० हजार रुपैयाँ बराबरको राहत सहयोग हस्तान्तरण गरिएको थियो। आगामी दिनमा तेस्रो चरणअन्तर्गत पनि विश्वसनीय तथा सम्बन्धित निकायमार्फत राहत सहयोग निरन्तर गर्ने नेवा: पुच: यूएईले जनाएको छ।
महासचिव बलामीका अनुसार विपद्मा परेका नेपालीको पीडालाई साझा पीडा ठान्दै उद्धार, राहत तथा पुनःस्थापनाका अभियानमा अन्य व्यक्ति तथा संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने संस्थाको प्रतिबद्धता छ।















