चलचित्र ‘अक्षरा’ले सार्यो प्रदर्शन मिति
काठमाडौं।यही भाद्र २६ गते शुक्रबारबाट प्रदर्शन हुने तय भइसकेको विनयराज पौडेलको निर्देशित चलचित्र ‘अक्षरा’ले आफ्नो प्रदर्शनलाई स्थगित गरेको छ ।
बुधबार यस फिल्मको निर्माण ‘कम्पनी क्षित बाबु प्रोडक्सन हाउस’ले बर्तमान देशको परिस्थितिलाई मध्यनजर गर्दै ‘अक्षरा’ को प्रदर्शन मिति स्थगित गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
न्यान्सी खड्का र सुशील सिटौलाको केन्दिय भुमिका रहेको यो चलचित्रमा रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
अब यो चलचित्र मंसिर २४ गतेबाट प्रदर्शनमा आउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।












