आचार्यको अन्तर्राष्ट्रिय यात्रा थप बलियो, अमेरिका–क्यानडासहित चार देशको अधिकार 7 Seas ले लियो – Sagarmathapana:: Online News Portal

आचार्यको अन्तर्राष्ट्रिय यात्रा थप बलियो, अमेरिका–क्यानडासहित चार देशको अधिकार 7 Seas ले लियो

   २०८३ भाद्र २५ गते  

काठमाडौं।एक्सन किङ निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण तथा निर्देशन गरिएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आचार्य’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विस्तार भएको छ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा चलचित्र प्रदर्शनको अधिकार 7 Seas International Films ले लिएको हो। चलचित्र असोज ९ गते नेपालसँगै विभिन्न विदेशी मुलुकमा पनि एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

‘आचार्य’ले विभिन्न देशमा उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। केही स्थानमा चलचित्रको शो सोल्ड आउटसमेत भइरहेको बताइएको छ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा ‘आचार्य’को प्रदर्शनले थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विश्वभर रहेका नेपाली दर्शकमाझ चलचित्रले कस्तो प्रभाव पार्छ भन्ने विषय भने प्रदर्शनपछि स्पष्ट हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै