ग्यासको माग गर्दै सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन – Sagarmathapana:: Online News Portal

ग्यासको माग गर्दै सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

   २०८३ भाद्र २४ गते  

काठमाडौं।खाना पकाउने ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी तथा सर्वसाधारणले भोग्दै आएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन, कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदर्शनकारीहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै