Miss Universe Nepal 2026 को ‘MUN Runway’ सम्पन्न, नेपाली मौलिकता र फेसनको आकर्षक प्रस्तुति
![]()
![]()
काठमाडौं।Deepal Present Miss Universe अन्तर्गत Global Glamour Ventures द्वारा आयोजित Miss Universe Nepal 2026 को MUN Runway / Miss Universe Nepal Runway काठमाडौंस्थित सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मिस युनिभर्स नेपाल २०२६ का १४ जना प्रतियोगीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्याम्प वाक प्रस्तुत गरेका थिए।

![]()

नेपालको कला, संस्कृति, भाषा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा प्रतियोगीहरूले नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पहिरन लगाएर आफ्नो प्रस्तुति दिएका थिए। चारवटा विभिन्न रनमार्फत प्रस्तुत गरिएको उक्त रनवे शोमा नेपाली फेसन, डिजाइन र सिर्जनशीलताको उत्कृष्ट संयोजन देखिएको थियो।



यस MUN Runway / Miss Universe Nepal Runway का लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी कुमारी चौधरी, आकृति पुन मगर, बिनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि कुमारी थापा, विमल कुमार पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली कुमारी चदार र हेमा जैगडी लगायतका डिजाइनरहरूले प्रतियोगीहरूका लागि आकर्षक पहिरन तयार गरेका थिए।
नेपाली सिर्जना, प्रतिभा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले आयोजना गरिएको Miss Universe Nepal 2026 को विजेताले विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता Miss Universe को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रमका क्रममा Miss Universe Nepal की नेसनल डाइरेक्टर संगीता पुरीले भावुक मन्तव्यसमेत राखेकी थिइन्। उनले नेपाली कला संस्कृति र प्रतिभालाई विश्वसामु चिनाउने यो यात्रालाई यहाँसम्म ल्याउन निकै ठूलो संघर्ष र मेहनत गर्नुपरेको बताइन्।
उनले भनिन्, “यो यात्रा सहज थिएन। धेरै चुनौतीहरू आए, तर हामी युवाहरू मिलेर निरन्तर मेहनत गर्दै यो कार्यक्रमलाई सफल बनाउँदै यहाँसम्म ल्याउन सफल भएका छौँ।” उनले सम्पूर्ण सहयोगी, टिम तथा शुभेच्छुकहरूप्रति धन्यवादसमेत व्यक्त गरेकी थिइन्।
आयोजक टिमका अनुसार Miss Universe Nepal 2026 को फाइनल कार्यक्रम सेप्टेम्बर महिनाभित्र आयोजना गर्ने तयारी भइरहेको छ। नेपाली कला, संस्कृति र प्रतिभालाई विश्वसामु चिनाउने लक्ष्यसहित प्रतियोगिताका आगामी चरणहरूलाई थप भव्य बनाउने तयारी भइरहेको छ।













