भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
काठमाडौँ।आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो।
![]()
‘मुभिज डिजिटेनमेन्ट’युट्युब च्यानलमार्फत लिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को कथा वरिपरी घुमेको छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशीमा,त्यसमाथी गाउँलेको हेपाइ प्रवृधिलाई देख्न सकिन्छ।
ट्रेलरमा आफ्नो मात्रै नभई अरुका लागी लमी बनेको देखिन्छन्। साथै गाउँमा आएकी एक युवती(प्रियना आचार्य) को भारी बोकेर बोकी दिदा पैसा लिनै मान्दैनन्। पछि उसैसँग प्रेम विवाहपछि सन्तान बसेको ट्रेलरमा देखाइएको छ।












