अब लगानीकर्ता आफैले मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने – Sagarmathapana:: Online News Portal

अब लगानीकर्ता आफैले मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने

   २०७८ भाद्र ४ गते  

 

काठमाडौं । मेरो सेयर प्रयोगकर्ता लगानीकर्ताले अब पासवर्ड बिर्सेको खण्डमा पनि कुनै समस्या भोग्न नपर्ने भएको छ । अब लगानीकर्ता आफैले मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् ।

सीडीएससीले आज (शुक्रबार) देखि लागु हुनेगरी लगानीकर्ताले नै मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने सेवा दिएको छ । यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेजमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

पासवर्ड परिवर्तन गरेपछि नयाँ पासवर्ड इमेलमा आउँने छ । त्यो पासवर्ड प्रयोग गर्न सकिने छ । यो सँगै मेरो सेयर प्रयोगकर्ता अब पासवर्ड बिर्से भनेर निक्षेप सदस्यमा गएर निवेदन दिनुपर्ने व्यवस्था हटेको छ । यसअघि यो व्यवस्था रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै