नेपालमा छिट्टै आउँदै vivo V80 Lite, ७०५० एमएएच ब्याट्रीदेखि ९० FPS गेमिङसम्म – Sagarmathapana:: Online News Portal

नेपालमा छिट्टै आउँदै vivo V80 Lite, ७०५० एमएएच ब्याट्रीदेखि ९० FPS गेमिङसम्म

   २०८३ भाद्र १७ गते  

काठमाडौं।स्मार्टफोन ब्रान्ड vivo ले आफ्नो नयाँ स्मार्टफोन vivo V80 Lite को पहिलो झलक सार्वजनिक गरेको छ। डिजाइन, प्रदर्शन र ब्याट्री क्षमतामा केन्द्रित यो स्मार्टफोन नेपाली बजारमा छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ।

vivo V80 Lite मा ‘Slay Every Edge’ अवधारणाअन्तर्गत सीमलेस कर्भ डिजाइन र सहज ग्रिपलाई प्राथमिकता दिइएको छ। अल्ट्रा–स्लिम युनिबडी डिजाइनमा तयार गरिएको फोन हलुका तथा दैनिक प्रयोगका लागि आरामदायी हुने कम्पनीको दाबी छ। यसमा ७०५० एमएएच क्षमताको ब्याट्री दिइएको छ।


फोनको डिजाइनमा ‘Skyline Camera Design’ प्रयोग गरिएको छ। ‘Silk White’ फिनिससहितको फोनमा Satin Dual-Plating Process प्रयोग गरिएको कम्पनीले जनाएको छ, जसले प्रिमियम साटनजस्तो बनावट र फ्लोइङ ग्लो प्रदान गर्ने बताइएको छ।

प्रदर्शनका लागि फोनमा MediaTek Dimensity 7360-Turbo चिपसेट प्रयोग गरिएको छ। ४ न्यानोमिटर प्रक्रियामा आधारित यो प्रोसेसरले उच्च कार्यक्षमतासँगै ऊर्जा दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ। फोनले ५० महिनासम्म स्मुथ अनुभव, तीन पुस्तासम्मको OS अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट पाउनेछ।

गेमिङका लागि vivo V80 Lite मा ९० FPS सम्मको स्थिर गेमप्ले सपोर्ट रहेको छ। कम्पनीका अनुसार Mobile Legends: Bang Bang मा ३० डिग्री सेल्सियसको वातावरणमा तीन घण्टासम्म ९० FPS गेमिङ अनुभव लिन सकिनेछ।

फोनमा 1.5K Ultra Clear AMOLED डिस्प्ले दिइएको छ। यसले भिडियो, गेमिङ तथा मल्टिटास्किङका लागि उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

क्यामेरातर्फ अगाडि ३२ मेगापिक्सेल Group Selfie Camera राखिएको छ, जसले फराकिलो फिल्ड अफ भ्युसहित समूह सेल्फी खिच्न सहज बनाउनेछ। पछाडितर्फ ५० मेगापिक्सेल Sony Clear Night Portrait क्यामेरा रहेको छ, जसले कम प्रकाशमा समेत स्पष्ट तथा जीवन्त पोर्ट्रेट खिच्ने कम्पनीको दाबी छ।

vivo ले V80 Lite लाई स्टाइल, ब्याट्री, प्रदर्शन र क्यामेरा क्षमताको संयोजनका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन नेपालमा चाँडै सार्वजनिक हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै