भाटभटेनी सुपर स्टोरको टङ्गाल शाखा विशेष पूजाअर्चना तथा धार्मिक विधि पूरा गर्दै पुनः सञ्चालनमा – Sagarmathapana:: Online News Portal

भाटभटेनी सुपर स्टोरको टङ्गाल शाखा विशेष पूजाअर्चना तथा धार्मिक विधि पूरा गर्दै पुनः सञ्चालनमा

   २०८३ भाद्र १४ गते  

काठमाडौं।भाटभटेनी सुपर स्टोरको टङ्गाल शाखा विशेष पूजाअर्चना तथा धार्मिक विधि पूरा गर्दै पुनः सञ्चालनमा आएको छ।

शाखाको पुनः सञ्चालनसँगै ग्राहकलाई नियमित रूपमा सेवा प्रदान गर्न भाटभटेनीको टोली तयार रहेको जनाएको छ। ग्राहकवर्गले निरन्तर देखाउँदै आएको विश्वास, माया र साथलाई उच्च प्राथमिकतामा राख्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

पुनः सञ्चालनको अवसरमा विशेष पूजाअर्चना गरिएको थियो। धार्मिक विधिपूर्वक कार्यक्रम सम्पन्न गरी शाखाले आफ्नो सेवा पुनः सुरु गरेको हो।

भाटभटेनीले ग्राहकको सुविधालाई केन्द्रमा राख्दै गुणस्तरीय सेवा र आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै