रसुवा विपद्का पीडितका लागि ‘Gurkhaskhabar hongkong’ सञ्चालक द्वारा आर्थिक सहयोग – Sagarmathapana:: Online News Portal

रसुवा विपद्का पीडितका लागि ‘Gurkhaskhabar hongkong’ सञ्चालक द्वारा आर्थिक सहयोग

   २०८३ भाद्र ११ गते  

काठमाडौं।रसुवामा हालै गएको विनाशकारी पहिरो तथा बाढीबाट प्रभावित पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले ‘Gurkhaskhabar  हङकङ’का सञ्चालक  हङकङ निवासी द्रोण (डि.के.) दाहालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

रसुवामा गएको प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको दाहालले बताएका छन्।जिम्मेवार नेपाली नागरिक तथा सञ्चारमाध्यमको सञ्चालकको हैसियतले संकटका बेला पीडितको साथमा उभिनुपर्ने दायित्व महसुस गर्दै सहयोग गरेको उनको भनाइ छ।

“विपद्को यस कठिन घडीमा पीडित परिवारलाई सानो भए पनि राहत र मलम लगाउन सकियोस् भन्ने भावनाले सहयोग गरेको हुँ,” दाहालले भने।

उनले देशमा प्राकृतिक विपद् आउँदा सरकारको मात्र प्रयास पर्याप्त नहुने भन्दै समाजका सबै तह र क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेको बताए। विशेषगरी सञ्चारमाध्यम, नेपाली युवा पुस्ता, कलाकार, व्यवसायी तथा विदेशमा रहेका नेपाली समुदायले आफ्नो क्षमता र हैसियतअनुसार राहत तथा उद्धार अभियानमा योगदान गर्नुपर्नेमा उनले जोड दिए।

रसुवाको विपद्ले ठूलो क्षति पुर्‍याइरहेको अवस्थामा दाहालको सहयोगले पीडितको राहतमा प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, विपद्का बेला आर्थिक सहयोगसँगै उद्धार, राहत सामग्री संकलन, सूचना प्रवाह तथा स्वयंसेवी अभियानमार्फत सहयोग गर्न सकिने सन्देशसमेत यस पहलले दिएको छ।

विपद् कसैको व्यक्तिगत समस्या होइन, यो सबैको साझा संकट हो। त्यसैले आफूले सक्ने सानो सहयोगले पनि पीडितका लागि ठूलो अर्थ राख्न सक्छ। दाहालको यो पहलबाट प्रेरणा लिएर देश तथा विदेशमा रहेका नेपाली, सञ्चारकर्मी, युवा, कलाकार र विभिन्न संघसंस्थाले पनि विपद् प्रभावितको राहत तथा उद्धारमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सन्देश प्रवाह भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै