आभा पौडेलले जितिन् ‘द मोडल एम्पायर भोल्युम–३’को उपाधि
काठमाडौं।सोमबार सम्पन्न ‘Everest Events Presents: The Model Empire Vol. 3’ को उपाधि आभा पौडेलले जितेकी छन्।
उपाधिसँगै पौडेलले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। साथै उनले एभरेस्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीबाट व्यावसायिक मेकअप कोर्स तथा नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति प्राप्त गरेकी छन्।
![]()
प्रतियोगितामा राशी गुप्ता फर्स्ट रनरअप र निर्जला रोक्का सेकेन्ड रनरअप घोषित भए। यस्तै, दिराशा मास्केले ब्रान्ड एम्बेसडर, कृष्टि धामीले आयोजक छनोट, सुष्मिता रिजालले भ्युज च्वाइस तथा सुइन तामाङले मोस्ट पपुलरको उपाधि हासिल गरे।
‘The Model Empire Vol. 3’ को कोरियोग्राफी सुगन्धा अधिकारी र अर्शु महर्जनले गरेका थिए।













