आर्थिक सुधारका लागि राष्ट्र बैंकको भूमिका बदल्नुपर्नेमा अर्थमन्त्रीको जोड – Sagarmathapana:: Online News Portal

आर्थिक सुधारका लागि राष्ट्र बैंकको भूमिका बदल्नुपर्नेमा अर्थमन्त्रीको जोड

   २०८३ श्रावण २४ गते  

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नेपाल राष्ट्र बैंकको भूमिका समयअनुकूल पुनःपरिभाषित गर्नुपर्ने बताएका छन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योग तथा उत्पादनशील क्षेत्रमा अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए। 


उनले नियमन केवल नियन्त्रणमा सीमित हुन नहुने भन्दै नवप्रवर्तन, लगानी र उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

वाग्लेले निजी क्षेत्रलाई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै सरकार, राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै आत्मविश्वासका साथ अघि बढे आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए। 

उनले राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा नभई आर्थिक रूपान्तरणको ‘सहयात्री र सह–निर्माता’ का रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै