मिस नेपाल २०२६ की दाबेदार दीपमाला ढकालको भोट अपिल,‘नम्बर १७’ लाई मतदान गर्न आग्रह
काठमाडौं।मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ की विजेता दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधिका लागि आफूलाई मतदान गर्न देश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेकी छन्।
साउन १६ गते ललितपुरको पुल्चोकस्थित द प्लाजा मा हुने मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा २४ जना प्रतिस्पर्धीबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। हङकङबाट सहभागी दीपमाला यस वर्षकी बलियो दाबेदारमध्ये एक मानिएकी छन्।


प्रतियोगिताका विभिन्न सबटाइटल चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी दीपमालाको प्रतियोगी नम्बर १७ रहेको छ। आयोजकले उपलब्ध गराएको Aventoz एपमार्फत विश्वको जुनसुकै स्थानबाट पनि उनलाई मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
![]()
फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक दीपमालाले विश्वकै अग्रणी लगानी व्यवस्थापन कम्पनी BlackRock मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्य गरिसकेकी छन्। तर, आमाको अधुरो सपना पूरा गर्ने उद्देश्यले उनले आकर्षक जागिर त्यागेर मिस नेपालको तयारीमा आफूलाई समर्पित गरेकी हुन्। उनकी आमाले सन् १९९४ को मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

![]()
व्यावसायिक करिअरसँगै दीपमाला तेक्वान्दो खेलाडी, म्याराथन धाविका तथा विभिन्न सामाजिक अभियानमा सक्रिय युवा व्यक्तित्वका रूपमा पनि परिचित छिन्। उनले आफूलाई प्रतियोगी नम्बर १७ मार्फत मतदान गरी हौसला प्रदान गर्न सबै नेपालीसँग अनुरोध गरेकी छन्।













