रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ – Sagarmathapana:: Online News Portal

रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

   २०८१ आश्विन १० गते  

काठमाडौँ । ठगी र जबरजस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूरका आरोपी पाँचथर मिक्लाजुङ गाउँपालिका ४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका ९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन्।

त्यस्तै जबरजस्ती करणी मुद्दामा फरार रहेका रोमन कार्कीलाई पनि पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै