काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक व्यवसायीलाई बालेन शाहको सूचना – Sagarmathapana:: Online News Portal

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक व्यवसायीलाई बालेन शाहको सूचना

   २०८१ आश्विन १० गते  

व्यापार व्यवसाय गर्ने व्यक्ति/कम्पनी/निकायलाई जरुरी सूचना

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको सम्बन्धमा देहाय बमोजिम गर्न/गराउन सम्बद्ध सबै व्यवसायीलाई अनुरोध गरिन्छ ।

देहाय :

१. मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ ।

२. अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्नेछ ।

३. उपभोग गर्ने अवधि (Non Expiry Date) बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्नेछ ।

४. खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्नेछ ।

अनुगमनका क्रममा माथि उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ । साथै, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्नुहुन अनुरोध गरिन्छ

केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्नु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै