प्रविधि र साझेदारीमार्फत नेपाली चिया तथा कृषि व्यवसायको विश्वव्यापी विस्तारमा जोड – Sagarmathapana:: Online News Portal

प्रविधि र साझेदारीमार्फत नेपाली चिया तथा कृषि व्यवसायको विश्वव्यापी विस्तारमा जोड

   २०८३ श्रावण १२ गते  

काठमाडौं।अमेरिकी दूतावास नेपालको सहयोगमा ‘ग्रोइङ ग्लोबल भ्यालु : टेक्नोलोजी, पार्टनरसिप्स एन्ड द फ्युचर अफ नेपाल्स टी एन्ड स्पेसालिटी एग्रिबिजनेस’ विषयक चौथो सीईओ संवाद विराटनगरमा सम्पन्न भएको छ।

जुलाई २० मा आयोजित कार्यक्रममा नेपाल–अमेरिका व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली चिया तथा विशेष कृषि व्यवसायमा लगानी, प्रविधि, नवप्रवर्तन र निर्यात विस्तारका सम्भावनाबारे छलफल गरिएको थियो। कार्यक्रममा व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा कृषि व्यवसाय क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एडभाइजरीको कार्यान्वयनमा, एमच्याम नेपाल, ग्लोबल इम्प्याक्ट कलेक्टिभ र नेपाल टी कलेक्टिभको सहकार्यमा आयोजित संवादमा नेपाल टी कलेक्टिभका अमिगो खड्काले प्रविधि, ब्रान्डिङ र साझेदारीमार्फत नेपाली चियालाई विश्व बजारमा पुर्‍याउन भइरहेको प्रयासबारे धारणा राखेका थिए।

त्यस्तै, ग्लोबल इम्प्याक्ट कलेक्टिभका जेम्स बर्नार्डले नवीन वित्तीय व्यवस्थापन र विभिन्न क्षेत्रबीचको सहकार्यले कृषि व्यवसायका मूल्य शृंखलालाई थप सुदृढ बनाउन सक्ने बताए।

अमेरिकी दूतावासको सीईओ संवाद शृंखलाले नेपाली उद्यमीलाई अमेरिकी विशेषज्ञता, प्रविधि तथा निजी क्षेत्रको नेतृत्वसँग जोड्दै आएको छ। यसबाट नवप्रवर्तन, लगानी, व्यापार तथा नेपाल र अमेरिकाबीच साझा आर्थिक वृद्धिका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै