नबिल बैंक ४२ वर्षमा प्रवेश, ‘Banking and Beyond’ यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता
काठमाडौं।नबिल बैंकले आफ्नो स्थापना भएको ४२ वर्ष पूरा गरेको अवसरमा ग्राहक, साझेदार, शेयरधनी, नियामक निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विश्वास, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत ‘Banking and Beyond’ यात्रालाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले ४२ वर्षको यात्रामा बैंकिङलाई केवल आर्थिक कारोबारमा सीमित नराखी विश्वास निर्माण गर्ने, ग्राहकका सपना साकार पार्ने र दिगो भविष्यका सम्भावनाहरू सिर्जना गर्ने माध्यमका रूपमा अघि बढाएको बताउनुभयो।

उहाँले बैंकको सफल यात्रामा साथ, विश्वास र प्रेरणा प्रदान गर्ने सम्पूर्ण ग्राहक, साझेदार, शेयरधनी, नियामक निकाय तथा कर्मचारीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।
नबिल बैंकले ‘Together Ahead Always’ र ‘Banking and Beyond’ नारासहित आगामी यात्रामा पनि सबै सरोकारवालाको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।














