रेमिट्यान्सले धानेको अर्थतन्त्रमा श्रमिकको पीडा बेवास्ता गर्न नहुने : खुश्बु ओली – Sagarmathapana:: Online News Portal

रेमिट्यान्सले धानेको अर्थतन्त्रमा श्रमिकको पीडा बेवास्ता गर्न नहुने : खुश्बु ओली

   २०८३ श्रावण १ गते  

काठमाडौं।प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूले भोगिरहेका समस्या गम्भीर र संवेदनशील रहेको बताएकी छन्। उनले रेमिट्यान्समा आधारित अर्थतन्त्रको चर्चा धेरै हुने भए पनि त्यसका लागि श्रमिकले चुकाइरहेको पीडा, अन्याय र असुरक्षाप्रति पर्याप्त ध्यान नदिइएको बताएकी हुन्। 

ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) मा देखिएको कार्टेलिङ तथा त्यसबाट नेपाली श्रमिकले भोगिरहेका समस्याबारे एक समूहसँग छलफल गरेको जानकारी दिएकी छन्। साथै, खाडी मुलुकमा घरेलु कामदारका रूपमा गएका नेपाली महिलामाथि भइरहेको समस्या, विशेषगरी कुवेतस्थित आश्रयगृह (शेल्टर होम) मा नियमनको अभाव र लामो समयसम्म रोकिराखिएका नेपाली महिलाको अवस्थाबारे पनि अर्को समूहसँग छलफल भएको उनले उल्लेख गरेकी छन्।

उनले यी दुवै विषयलाई प्रतिनिधिसभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै सदनमा पर्याप्त समय नपाए आफ्नो आगामी सामाजिक सञ्जालको विशेष कार्यक्रममार्फत जनताका मुद्दा विस्तृत रूपमा सार्वजनिक गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै