कर्णाली घटनालाई लिएर सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न,‘मन्त्री आकाशमा,गोताखोर किन पुगेनन्?’ – Sagarmathapana:: Online News Portal

कर्णाली घटनालाई लिएर सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न,‘मन्त्री आकाशमा,गोताखोर किन पुगेनन्?’

   २०८३ असार १८ गते  

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले कर्णाली नदीमा डुबेका नागरिकको खोजी कार्यमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले उद्धारमा गोताखोरसमेत समयमै नपुगेको भन्दै प्रश्न उठाएका हुन्।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ हेलिकोप्टरमार्फत कर्णालीका जिल्लाहरूको निरीक्षण भ्रमणमा रहेका बेला शाहीले सामाजिक सञ्जालमार्फत सरकारको प्राथमिकतामाथि प्रश्न गरेका हुन्।  

शाहीले लेखेका छन्, “उता ऊर्जामन्त्री हेलिकोप्टरबाट कर्णालीको आकाशमा निरीक्षण भ्रमण गर्दै हुनुहुन्छ, यता कर्णाली नदीमा डुबेका नागरिकहरूको खोजीका लागि गोताखोरसमेत समयमै पुग्न सकेका छैनन्।”  

उनले संकटको समयमा नागरिकको ज्यानभन्दा ठूलो कुनै कार्यक्रम वा औपचारिकता नहुने उल्लेख गर्दै गृहमन्त्री समक्ष उद्धार तथा खोजी कार्यलाई तत्काल प्रभावकारी, तीव्र र आवश्यक स्रोत–साधनसहित अघि बढाउन आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै