सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने उच्च – Sagarmathapana:: Online News Portal

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने उच्च

   २०७८ श्रावण ३१ गते  

 

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकममा पनि उछाल आएको छ ।

बजार मापन गर्ने सूचक २४.५७ अंकले घटेर परिसूचक ३१५४.३४ बिन्दुमा रोकिएको छ । २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ७.१५, विकास बैंक १५७.४१, फाइनान्स कम्पनी ८७. ०५, निर्जीबन बीमा २२४.६२, जीवन बीमा समूहको उपसूचक १९१.२ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको १६०.२३ र माइक्रोफाइनान्स समूहको उपसूचक ११५.१२ अंकले बढेको छ ।

यो दिनको कारोबारमा कारोबार रकमको आधारमा नेपाल बैंकको १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा हिमालयन डिस्ट्रिलरी र अपी पावर कम्पनीको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै