inDrive ले नेपालमा पाँच वर्ष पूरा गर्दै “ड्राइभ विदाउट प्रेशर” अभियान सुरु – Sagarmathapana:: Online News Portal

inDrive ले नेपालमा पाँच वर्ष पूरा गर्दै “ड्राइभ विदाउट प्रेशर” अभियान सुरु

   २०८३ जेष्ठ २७ गते  

काठमाडौं।inDrive ले नेपालमा आफ्नो सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा “inDrive सँग आफ्नै रोजाइमा, चाइन प्रेसर” (Drive Without Pressure) नामक नयाँ अभियान सुरु गरेको छ। कम्पनीले यो अभियानमार्फत चालक–केन्द्रित सेवा, पारदर्शी आम्दानी प्रणाली र लचिलो काम गर्ने वातावरणलाई अझ मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।

नेपालमा सञ्चालन सुरु भएदेखि नै inDrive ले यात्रु र चालकबीच प्रत्यक्ष भाडा सहमतिमा आधारित पियर–टु–पियर मोडेल अपनाउँदै आएको छ। कम्पनीका अनुसार यस प्रणालीले चालकलाई आफ्नो काम गर्ने समय, सेवा छनोट र आम्दानीबारे बढी स्वतन्त्रता प्रदान गरेको छ।

inDrive नेपालकी वरिष्ठ ड्राइभर अपरेशन्स स्पेशलिस्ट सुनीता जीमी राईका अनुसार कम्पनीको प्राथमिकता दीर्घकालीन रूपमा चालकले विश्वास गर्न सक्ने प्लेटफर्म निर्माण गर्नु हो। उनले भनिन्, “चालकहरूलाई लचिलोपन, पारदर्शिता र आफ्ना आवश्यकता अनुसार निर्णय गर्न सक्ने क्षमता चाहिन्छ, र हामीले त्यही कुरालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ।”

कम्पनीले “ड्राइभ विदाउट प्रेशर” अभियानलाई नेपालमा डिजिटल यातायात क्षेत्रमा देखिएका कामको अवस्था, आर्थिक स्थायित्व र चालकहरूको दैनिक अनुभवसँग जोडेर अघि बढाउने जनाएको छ। हाल नेपालमा धेरै चालकहरू राइड–हेलिङलाई प्रमुख आम्दानी स्रोतका रूपमा प्रयोग गरिरहेका छन्।

यस अभियान अन्तर्गत “Homecoming Meter” नामक विशेष पहल पनि सुरु गरिएको छ, जसले वैदेशिक रोजगारीबाट फर्केर नेपालमै स्वरोजगार र डिजिटल प्लेटफर्ममार्फत आयआर्जन गरिरहेका नेपाली चालकहरूको कथालाई उजागर गर्नेछ। यसले देशभित्रै रोजगारीका अवसर र आर्थिक पुनःस्थापनाबारे भइरहेका बहसलाई समेत समर्थन गर्ने कम्पनीको भनाइ छ।

कम्पनीले हाल ४८ भन्दा बढी देशका १,१०० भन्दा बढी शहरमा सेवा दिँदै आएको छ र मोबाइल एप ४० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको जनाएको छ। inDrive ले राइड–हेलिङसँगै इन्टरसिटी ट्रान्सपोर्ट, डेलिभरी र वित्तीय सेवाहरू पनि विस्तार गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै