१२ देशमा श्रम स्वीकृति खुला,वैदेशिक रोजगारीको ढोका फेरि फराकिलो – Sagarmathapana:: Online News Portal

१२ देशमा श्रम स्वीकृति खुला,वैदेशिक रोजगारीको ढोका फेरि फराकिलो

   २०८३ बैशाख ७ गते  

काठमाडौं : वैदेशिक रोजगार विभाग ले १२ वटा देशका लागि श्रम स्वीकृति खुल्ला गरेको जनाएको छ। सोमबारदेखि संस्थागत तथा व्यक्तिगत दुवै प्रकारको श्रम स्वीकृति पुनः सुरु गरिएको विभागले जानकारी दिएको हो।

विभागका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल का लागि श्रम स्वीकृति खुलाइएको हो।

यस निर्णयसँगै वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरूका लागि अवसर विस्तार भएको छ। विभागले वैदेशिक रोजगार प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ।

यस्तै, श्रम स्वीकृति लिँदा आधिकारिक प्रक्रिया अपनाउन र ठगीबाट बच्न सचेत रहन कामदारहरूलाई अनुरोध गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै