नेपाल धितोपत्र बोर्डद्वारा दुई नयाँ बन्दमुखी म्युचुअल फण्डलाई स्वीकृति
काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबन) ले दुई वटा नयाँ बन्दमुखी (क्लोज इन्डेड) सामूहिक लगानी योजना सञ्चालन गर्न अनुमति प्रदान गरेको छ।
बोर्डले सिद्धार्थ क्यापिटल लिमिटेड लाई ‘सिद्धार्थ इक्विटी फण्ड २’ सञ्चालनका लागि स्वीकृति दिएको हो। १० करोड इकाई बराबरको यस योजनाको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ। फण्डको निष्काशन तथा बिक्री प्रबन्धन पनि कम्पनीले आफैं गर्नेछ। यस योजनाका लागि बोर्डले २०८३ वैशाख २ गते अनुमति दिएको हो।


त्यसैगरी, लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई ‘एलएस होराइजन १२’ नामक अर्को बन्दमुखी म्युचुअल फण्ड सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ। १२ करोड इकाई आकारको यस योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ कायम गरिएको छ। यस फण्डको व्यवस्थापन तथा बिक्री प्रबन्धन पनि सोही कम्पनीले गर्नेछ।

बोर्डले ‘एलएस होराइजन १२’ को विवरण पुस्तिका प्रकाशनका लागि समेत वैशाख २ गते नै अनुमति दिएको जनाएको छ।
यी नयाँ फण्डहरूको आगमनसँगै नेपाली पूँजी बजारमा सामूहिक लगानी योजनाको दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ।













