तिमी जन्मँदै गरिब हुनु तिम्रो गल्ती होइन, तर मर्दा पनि गरिब नै हुनु तिम्रो गल्ती हो-गृहमन्त्री सुधन गुरुङ – Sagarmathapana:: Online News Portal

तिमी जन्मँदै गरिब हुनु तिम्रो गल्ती होइन, तर मर्दा पनि गरिब नै हुनु तिम्रो गल्ती हो-गृहमन्त्री सुधन गुरुङ

   २०८२ चैत्र ३० गते  

गृहमन्त्री सुधन गुरुङ को प्रतिक्रिया: ‘सरकारमा आउनुअघि कमाएको सम्पत्ति पाप होइन’

काठमाडौं।सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको आलोचनाबीच गृहमन्त्री सुधन गुरुङ ले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्तिलाई ‘पाप’ भन्न नमिल्ने बताएका छन्।

सोमबार इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले भनेका छन् कि भ्रष्टाचारविना कमाएको सम्पत्ति स्वाभाविक हो, तर पदमा पुगेपछि भ्रष्टाचार गरेर कमाउनु भने निन्दनीय कार्य हो।

विरोधीहरूको आलोचनालाई जवाफ दिँदै उनले लेखेका छन्, “तिमी जन्मँदै गरिब हुनु तिम्रो गल्ती होइन, तर मर्दा पनि गरिब नै हुनु तिम्रो गल्ती हो।”

उनले ‘#चेतना_भया’ ह्यासट्याग प्रयोग गर्दै थप स्पष्ट पारे, “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।

यस्तै, उनको इन्स्टाग्राम स्टोरीमा प्रयोग गरिएको गीतले पनि चर्चा पाएको छ। उनले ‘के पाइस् नेपाली केरा’ बोलको गीतलाई ब्याकग्राउन्डमा राखेका छन्, जसलाई कतिपयले व्यंग्यात्मक सन्देशका रूपमा व्याख्या गरेका छन्।

मन्त्री गुरुङको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै