मुकुल ढकाललाई हटाउने तयारी सहित रास्वपाको बैठकआज :
काठमाडाैं । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा रास्वपा को केन्द्रीय समितिको बैठक आज बुधबार बस्दैछ ।
बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । रष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको कार्यक्रम गर्ने एजेण्डा पनि तय गरिएको छ । रास्वपा नेता मनिष झाका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे छलफल हुनेछ । बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ । केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।
यस्ता छन् १० एजेण्डा
१. समसामयिक राजनीति र पार्टी गतिविधि ।
२. राष्ट्रिय भेला ।
३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।
४. संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन ।
५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल ।
६. स्थानीय तह उपनिर्वाचन बारे ।
७. संविधान दिवसको कार्यक्रम बारे ।
८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल ।
९. केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदन बारे ।
१०. विविध












