रास्वपामा राइ, लिम्बुहरुलाई समेट्न नसकेकोमा रबि लामिछानेले मा!फी माग्नु भएको छ – Sagarmathapana:: Online News Portal

रास्वपामा राइ, लिम्बुहरुलाई समेट्न नसकेकोमा रबि लामिछानेले मा!फी माग्नु भएको छ

   २०८२ चैत्र ५ गते  

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले राई–लिम्बू समुदायको प्रतिनिधित्व संसदमा सुनिश्चित गर्न नसकिएकोमा माफी मागेका छन्।

नव–निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले उक्त समुदायलाई समेट्न नसकिएको विषयमा आलोचना आएको स्वीकार गर्दै यसमा पार्टीको ध्यान पुग्न नसकेको बताएका हुन्।

‘जति प्रयास गर्दा पनि उक्त समुदायको प्रतिनिधित्व गराउन नसक्दा सभापतिको नाताले म माफी माग्न चाहन्छु,’ उनले भने।

लामिछानेले अन्य विभिन्न समुदाय तथा अल्पसंख्यक समूहको प्रतिनिधित्व भने रहेको उल्लेख गर्दै आगामी दिनमा छुटेका समुदायलाई कसरी समेट्ने भन्ने विषयमा पार्टीले आवश्यक निर्णय लिने स्पष्ट पारे।

उनले समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै सुधारका कदम अघि बढाइने समेत बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै