खोटाङमा आरेन राईको ऐतिहासिक जित, श्रम संस्कृति पार्टीको संघीय संसदमा पहिलो खाता
काठमाडौं।खोटाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। उनले १६ हजार ६१२ मत प्राप्त गर्दै प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई पछि पार्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी देवविक्रम राई (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले १२ हजार ७१४ मत प्राप्त गरेका छन् भने वीरकाजी राई (नेपाली कांग्रेस) ले ११ हजार ९५७ मत ल्याएका छन्।
यसैगरी हरि रोका (नेपाल कम्युनिष्ट पार्टी) ले ९ हजार ४४३ मत प्राप्त गर्दा रुद्र गिरी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।
खोटाङमा यसपटक प्रत्यक्षतर्फ १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। नयाँ शक्ति रूपमा उभिएको श्रम संस्कृति पार्टी का उम्मेदवार आरेन राईको जितसँगै उक्त पार्टीले संघीय संसदमा पहिलो पटक आफ्नो खाता खोल्न सफल भएको छ।
राजनीतिक विश्लेषकहरूले खोटाङको यो परिणामलाई परम्परागत ठूला दलहरूविरुद्ध मतदाताको नयाँ राजनीतिक विकल्प खोज्ने संकेतका रूपमा हेरेका छन्।












