‘तंगलान’ नेपालमा प्रदर्शन गरिने
काठमाडौँ —’तंगलान’ नेपालमा प्रदर्शन गरिने भएको छ ।
‘पुष्पा’, ‘एनिमल’, ‘फाइटर’जस्ता बलिउडका ठूला ब्यानरका फिल्मलाई नेपाल प्रदर्शनमा ल्याएका हिन्दी फिल्मका वितरक ब्यांकटेस इन्टरटेन्टमेन्टले ‘तंगलान’लाई पनि नेपालमा प्रदर्शनमा ल्याउने भएको छ ।पछिल्लो समय नेपालमा पनि दक्षिण भारतीय फिल्मको क्रेज ह्वात्तै बढेको छ । त्यसैले हिन्दी फिल्मका वितरक दक्षिण भारतीय फिल्मलाई उतिकै महत्त्व दिँदै नेपाल प्रदर्शनका लागि खरिद गरिरहेका हुन्छन् ।
साउथमा यो फिल्म एकदम ठूलो फिल्म हो । केजीएफको अगाडिको कथा यसमा समेटिएको छ । फिल्ममा कलाकारहरु पनि साउथका निकै प्रख्यात कलाकार नै छन् । यो फिल्म वर्ड अफ माउथले चल्छ भन्ने छ । हामी पनि आशावादी छौं,’हिन्दी फिल्मका वितरक मनोज राठीले भने ।
‘












