प्राइम कमर्सियल बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न,८ प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा – Sagarmathapana:: Online News Portal

प्राइम कमर्सियल बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न,८ प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा

   २०८२ पुष ३० गते  

काठमाडौं।प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भएको छ।

साधारणसभाले सञ्चालक समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। साथै, बोनस सेयरको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ।


त्यसैगरी, आजै सम्पन्न साधारणसभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए।

साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने शेयरधनी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकले विगतमा जस्तै आगामी दिनमा पनि सेवा विस्तार र शाखा सञ्जाल सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले शेयरधनीलाई यथोचित तथा समयसापेक्ष प्रतिफल प्रदान गर्ने निरन्तरता कायम राख्नुका साथै ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकिङ सेवालाई अझ आधुनिक, सरल र प्रभावकारी बनाइने जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै