सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं।सालपा विकास बैंक लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद आज साँझ ५ बजे समाप्त हुनेछ। नेपाल धितोपत्र बोर्डको नियमअनुसार बैंकिङ समय सकिएसँगै आवेदन प्रक्रिया बन्द हुने भएकाले इच्छुक लगानीकर्ताहरूले तोकिएको समयभित्र आवेदन दिइसक्न बैंकले आग्रह गरेको छ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम तोकिएको सीमा भित्र रही आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताहरूले सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरोसेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
समयमै आवेदन दिन छुटेका लगानीकर्ताहरूलाई पछि कुनै पनि अवसर नदिइने भएकाले साँझ ५ बज्नुअघि नै आवेदन प्रक्रिया पूरा गर्न बैंकले अनुरोध गरेको छ।














