रिलायन्स स्पिनिङ्ग मिल्सको वैदेशिक रोजगारीमा गएकाहरूका आईपीओ करिब आधा घण्टामै ‘ओभरसब्सक्राइब – Sagarmathapana:: Online News Portal

रिलायन्स स्पिनिङ्ग मिल्सको वैदेशिक रोजगारीमा गएकाहरूका आईपीओ करिब आधा घण्टामै ‘ओभरसब्सक्राइब

   २०८२ मंसिर २३ गते  

काठमाडौँ।रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) सार्वजनिक भएको करिब आधा घण्टामै ‘ओभरसब्सक्राइब’ भएको छ। सोमबार बिहान १० बजेपछि खुला भएको आईपीओमा साढे १० बजेसम्म नै अत्यधिक आवेदन परेको कम्पनीले जनाएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो। तर, पहिलो एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन परेपछि आईपीओ ‘ओभरसब्सक्राइब’ भएको हो।

कम्पनीका अनुसार विभिन्न ३६ बैंक तथा वित्तीय संस्थामार्फत १ हजार ९७० जना आवेदकले आवेदन दिएका छन्। वैदेशिक रोजगारको कोटामा पर्ने लगानीकर्ताले मङ्सिर २५ गते (बिहीबार) सम्म आवेदन दिन सक्नेछन्।

रिलायन्स स्पिनिङ्ग मिल्सको यो आईपीओप्रतिको तीव्र आकर्षणले हालको बजारको लगानी मनोबल अझै उच्च रहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै